धनगढी । सुदूरपश्चिमका प्रदेश सभा सदस्य मानबहादुर धामीले प्रदेश सरकार नैतिक रुपमा ढलिसकेको बताएका छन् । प्रदेशसभा बैठकमा बोल्दै माओवादी केन्द्रका पूर्वसंसदीय दलका नेतासमेत रहेका धामीले यस्तो बताएका हुन् ।
‘संख्याको हिसावले झण्डझण्डै दुई तिहाइ हुनुहुन्छ, नैतिक हिसावले यो सरकारले आफ्नो धरातल गुमाइसकेको छ,’ उनले भने, ‘एक पटक परीक्षण गर्नुहोस् मुख्यमन्त्रीज्यू । पुनः विश्वासको मत लिनुहोस् भन्ने आग्रह गर्न चाहन्छ ।’
उनले बजेटमाथिको छलफलमा सहभागी अधिकांश प्रदेशसभा सदस्यले बजेटको विरोध गरेको बताए । ‘२७ जनामा एक दुई जनाबाहेक कसैले समर्थन गरेको छैन,’ उनले भने, ‘सुदूरपश्चिम सरकार नैतिक रुपमा ढलि सक्यो ।’
प्रतिक्रिया