ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट : डडेल्धुरा र कञ्चनपुरबीच फाइनल

बुधबार १८, असार २०८२ ०३:५४

धनगढी । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि डडेल्धुरा र कञ्चनपुर भिड्ने भएका छन् । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएका सेमिफाइनल खेलमा जित निकाल्दै दुबै टोली उपाधि नजिक पुगेका हुन् । 

बुधबार भएको पहिलो सेमिफाइनलमा कञ्चनपुरले बैतडीलाई ८ विकेटले पराजित ग¥यो । बुधबार नै भएको दोस्रो सेमिफाइनलमा डडेल्धुराले घरेलु टोली कैलालीमाथि ७४ रनको फराकिलो जित दर्ता ग¥यो । 

आयोजक प्रदेश खेलकुद परिषद्का अनुसार फाइनल खेल भोलि फाप्लामा हुने छ । परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काले प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उपविजेताले नगद एक लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने टिमले नगद ५०÷५० हजार पुरस्कार पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५÷१५ हजार र उदीयमान खेलाडीलाई १० हजार नगद प्रदान गरिने खड्काले बताए । 
 

प्रतिक्रिया