धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शनिबार बूढानीलकण्ठस्थित निवास पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन् ।
मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताए । शुक्रबार मात्रै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले फिर्ता लिने निर्णय गरेको थियो ।
उक्त पार्टीले समर्थन फिर्ता लिए पनि सरकार अल्पमतमा भने छैन ।
प्रतिक्रिया