धनगढी । आर्थिक वर्ष २०८१र८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन हो ।
महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा खर्चको भुक्तानी बुधबारभित्र दिइसक्नुपर्छ ।
संघीय सरकारले २५ गतेपछि पनि अत्यावश्यक काममा भुक्तानीको अधिकार भए पनि प्रदेश र स्थानीय सरकारलाई भने त्यो अधिकार छैन ।
भुक्तानीको आज अन्तिम दिन रहेकोमा सुदूरपपश्चिम प्रदेश सरकार ६२ प्रतिशत बजेट मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले जानकारी दिए ।
उनका अनुसार ७३ प्रतिशत चालुतर्फ र ५५ प्रतिशत पुँजीगततर्फ बजेट खर्च भएको छ । ‘यसवर्ष पनि गत आर्थिक वर्षकै तुलनामा बजेट खर्च हुने देखिएको छ,’ उनले भने ।
प्रदेश सरकारले जेठ मसान्तसम्म ४१ प्रतिशत मात्रै बजेट खर्च गरेकोमा असारको २४ दिनमा थप २१ प्रतिशत बजेट खर्च भएको हो । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार २४ गते मात्रै ८० करोड बजेट खर्च भएको छ ।
प्रतिक्रिया