ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीकी १५ वर्षीया किशोरी बलात्कृत, प्रशिक्षक आरोपित

बुधबार २५, असार २०८२ १०:५२

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाकी एक किशोरी बलात्कृत भएकी छिन् । धनगढीकै एक पुरुषले १५ वर्षीया किशोरीमाथि पटकपटक बलात्कार गरेको भन्दै किटानी जाहेरी आएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

पछिल्लोपटक ती किशोरीमाथि कञ्चनपुरको पुनर्वास नगरपालिकामा बलात्कार भएको भन्दै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । 

‘आरोपित फरार छन्, खोजी कार्य भइरहेको छ,’ डीएसपी बोहराले भने । आररोपित पुरुष किशोरीका खेल प्रशिक्षक हुन् । पछिल्लोपटक किशोरीलाई घुम्न जाउँ भन्दै पुनर्वास नगरपालिकाको आइबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमै बलात्कार गरेको उजुरी आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया