काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) टिम रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सबैभन्दा मूल्यवान फ्रेन्चाइज बनेको छ । चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सलाई उछिन्दै आरसिबी बैभन्दा मूल्यवान फ्रेन्चाइज बनेको हो ।
आरसिबीको ब्रान्ड मूल्य हाल २६९ मिलियन डलर पुगेको छ । बेंगलुरुले यस सिजन आईपीएलको उपाधि पहिलोपटक जितेको थियो ।
ब्रान्ड भ्यालुअनुसार मुम्बई अहिले २४२ मिलियन डलरसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा चेन्नईको २३५ मिलियन डलर छ । चौथोमा कोलकाता नाइट राइडर्स २२७ मिलियन डलरसहित रहेका छन्।
प्रतिक्रिया