ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाममा जुवातास खेल्दै गरेका छ जना पक्राउ

आइतबार २९, असार २०८२ ११:३७

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका–४ स्थित कैलाशखोलामा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् ।

शनिबार साँझ ८ बजेतिर गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले पुरानो छानावाला घरमा जुवातास खेलिरहेको अवस्थामा ४१ वर्षीय खेमराज शर्मासहित छ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले घटनास्थलबाट नगद १८ हजार ९५ रुपैयाँ र दुई गड्डी तास समेत बरामद गरेको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया