ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मन्त्रीहरू खुलेआम डिल गर्दैछन् : प्रचण्ड

सोमबार ३०, असार २०८२ ०३:४०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँजहाँ छ, त्यहाँत्यहाँ भ्रष्टाचार भएको आरोप लगाएका छन् । संसद बैठकमा सम्बोधन गर्दै उनले वर्तमान सत्तालाई बिचौलियाले चलाएको बताए ।

प्रचण्डले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौँको डिल गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्रीप्रति व्यंग्यात्मक लवजमा उनले भने, ‘तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौँको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’
 

प्रतिक्रिया