ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुबाट हटाइयो

मङ्गलबार ३१, असार २०८२ ०३:२५

धनगढी । स्वास्थ्य बीमा बोर्डले सुदूरपश्चिमको एकमात्र संघीय अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएको छ । बीमा बोर्डले प्रथम सेवा बिन्दुमा नराखेपछि डडेल्धुरा अस्पतालले त्यस प्रकारको सेवा प्रदान गर्न नसकिने जनाएको छ । 

‘उपरोक्त सम्बन्धमा स्वास्थ्य बीमाले यस डडेल्धुरा अस्पताल डडेल्धुरालाई प्रेषण केन्द्रको रुपमा मात्र सूचिकृत गरेको हुँदा साउन १ गतेदेखि यस अस्पतालले प्रथम सेवा बिन्दुको रुपमा सेवा प्रवाह गर्न नसकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ डडेल्धुरा अस्पतालका निमित्त मेसु नरेन्द्रकुमार खनालद्वारा जारी सूचनामा भनिएको छ । 

डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइएसंगै साउन १ गतेदेखि प्रथम सेवा बिन्दुबाट सिफारिस लिएर आएका बीमित बिरामीहरूले मात्र डडेल्धुरा अस्पतालमा बीमा सुविधा पाउने छन् । डडेल्धुरामा प्रथम सेवा बिन्दु जोगबुढा अस्पताललाई राखिएको छ । 
 

प्रतिक्रिया