दार्चुला । दार्चुलामा तुइनबाट खसेर एकजना महाकाली नदीमा बेपत्ता भएका छन् । ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा स्थानीय २८ वर्षीय नारायण बुढाथोकी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आज मध्याह्न १२ बजेतिर बुढाथोकी दुम्लिङबाट पारि भारतीय बजार जाने क्रममा तुइन चुँडेर नदीमा खसेर बेपत्ता भएका हुन् ।
बेपत्ता बुढाथोकीको खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् । दुम्लिङभन्दा तल्लो क्षेत्रका सबै प्रहरी युनिटलाई खोजी कार्यका लागि परिचालिन गरिएको प्रहरीले जनाएको छ ।
सरकारले तुइन विस्थापन गर्ने भनेर पटकपटक घोषणा गरे पनि भाषणमै सीमित भएको छ ।
प्रतिक्रिया