ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कृषि मन्त्रालयद्वारा पाँच जना कृषक पुरस्कृत

मङ्गलबार ३१, असार २०८२ ०५:५७

धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जना किसानलाई भीमदत्त प्रदेश उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरेको छ । एक जनालाई भीमदत्त प्रदेश सर्वोत्कृष्ट कृषक र चार जनालाई भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको मन्त्रालयले जनाएको छ । 

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, का किसान अर्जुन जेठारालाई यस वर्षको भीमदत्त सर्वोत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । उनलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । जेठारा व्यवसायीक केरा खेती गर्दै आएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका–६, का मौरीपालक किसान किरनपाल भारती, डोटीको आदर्श गाउँपालिकाका–१, तरकारी खेती कृषक मुकुन्द अवस्थी, अछामको पञ्चदेवल विनायक नगरपालिकाका–७, बाख्रापालक कृषक तुलबहादुर साउँद र कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की भैसीपालक कृषक सरस्वती पाण्डेलाई भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । सम्मानित चारै जनालाई जनही ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो ।

 कृषकलाई प्रोत्साहन गर्न र कृषि पेशालाई सम्मानित बनाउन किसानलाई पुरस्कृत गरिएको मन्त्रालयका बरिष्ठ कृषि अर्थ विज्ञ घनश्याम चौधरीले बताए । प्रदेश सरकारले २०७८ सालदेखि उत्कृष्ट कृषक छनोट गरेर हरेक वर्ष भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्दै आएको छ ।  
 

प्रतिक्रिया