कैलाली । कैलालीमा नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–११ स्थित सुर्मा खोलामा डुबेर दाजुभाइको मृत्यु भएको हो ।
मृतकहरू २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामी हुन् ।
घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुवै जनाको शव सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।
प्रतिक्रिया