ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बझाङमा भीरबाट लडेर महिलाको मृत्यु

शुक्रबार ०२, साउन २०८२ १०:४१

बझाङ । बझाङमा भीरबाट लडेर महिलाको मृत्यु भएको छ । जिल्लाको केदारस्यु गाउँपालिका–५ बहोराडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको हो । 

मृत्यु हुनेमा ५९ वर्षीया कमला बोहरा रहेकी छिन् । बिहीबार घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा अचानक चिप्लिएर करिब १०० मिटर तल खसेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

स्थानीयको सहयोगमा उनलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषित गरेका छन् ।

प्रतिक्रिया