ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा सात दिनसम्म मनाइयो अपाङ्गता दिवस, प्रदर्शनी महोत्सव पनि आयोजना

बिहिबार २०, मङि्सर २०८१ ०९:३१

धनगढी । सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिहरुको ३३औं अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी रुपमा मनाइएको छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको साझा संस्था राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशले मङ्सिर १४ गतेदेखि २० गतेसम्म विभिन्न कार्यक्रम गर्दै दिवस मनाएको हो ।

अन्तर्राष्ट्रिय दिवसकै अवसरमा धनगढी उपमहानगरपालिका गेट अगाडि तीन दिनसम्म मिनी प्रदर्शनी महोत्सव आयोजना गरिएको थियो । उक्त प्रदर्शनी महोत्सवमा ‘अपाङ्गता भएका व्यक्तिहरुको श्रमको सम्मान, आर्थिक सशक्तीकरण र समाज रुपान्तरणको अभियान’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुबाट सञ्चालित लघु, घरेलु तथा साना उधोगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी गरिएको थियो ।

 


यसका साथै सचेतनामूलक अन्तरक्रिया, लोकसांस्कृतिक कार्यक्रम, निःशुल्क स्वास्थ्य चेकजाँच, सीप तथा कला प्रदर्शनी र उत्कृष्ट कार्यको सम्मान लगायतका कार्यक्रम पनि गरिएको छ ।

बिहीबार सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यतामा महोत्सव समापन गरिएको छ । दिवसका लागि यसवर्ष 'समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई प्रवर्द्धन' मूल नारा राखिएको थियो ।

प्रतिक्रिया