ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेपाल प्रहरीमा १२ सय बढी संख्यामा भर्ना खुल्यो

शुक्रबार २२, मङि्सर २०८१ ०८:२३

काठमाडौं । नेपाल प्रहरीमा एक हजार २ सयभन्दा बढी संख्यामा नयाँ भर्ना खुलेको छ । जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा भर्ना खुलेको हो ।

प्रहरी जवानमा एक हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो ।

भर्ना फारम बुझाउने म्याद मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ ।

जवान पदका लागि १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको र कार्यालय सहयोगी पदका लागि १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया