ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीका वरिष्ठ वन अधिकृत यादव सवा ७ लाख बढी घुससहित पक्राउ

सोमबार ०५, साउन २०८२ ०९:४४

धनगढी । डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव ७ लाख ३१ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरबाट खटिएको टोलीले यादवलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

उनीविरुद्ध कैलालीको चुरे गाउँपालिका–६ को ग्वासी सामुदायिक वनको घाटगड्डी गरिएको काठको बिमर्का र छोडपुर्जी दिनेबारे सेवाग्राहीसँग रकम माग गरेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले यादवलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रतिक्रिया