धनगढी । सुदूरपश्चिम महोत्सवको क्रममा हेलिकोप्टरबाट धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गराइने भएको छ । कैलाली, कञ्चनपुरको धार्मिक क्षेत्र तथा खप्तड, रामारोशन, बडीमालिका लगायतको अवलोकन गराउने गरी हेलि टुरको व्यवस्था गर्न थालिएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवमा हेलि टुर सेवा सञ्चालनका लागि तयारी भइरहेको संघका सल्लाहकार मायाप्रकाश भट्टले जानकारी दिए ।
उनले कैलाली, कञ्चनपुरमा रहेको विभिन्न धार्मिक स्थलको अवलोकन गराउने गरी सिटी टुर हेलि सेवा र खप्तड, रामारोशन, बडिमालिकाका लागि हेलि टुर सेवा सञ्चालन गरिने बताए ।
कैलालीको धनगढीमा शनिबारदेखि सुदूरपश्चिम महोत्सव सुरु हुँदै छ । पुस २ गतेसम्म महोत्सव सञ्चालन हुने छ ।
प्रतिक्रिया