ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

आइतबार १८, साउन २०८२ ०१:१४

धनगढी । कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । विभिन्न स्थानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । 

धनगढी उपमहानगरपालिका–३ स्थित ब्यारेल नजिकबाट २१ वर्षीय आर्यमन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीको साथबाट ३०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ। 

यस्तै, धनगढी उपमहानगरपालिका–८ क्याम्पस नजिकबाट २८ वर्षीय राजेश चौधरी र भुवन चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट १०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया