ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राष्ट्रिय सभा निर्वाचनको मतदानमा किन अनुपस्थित भए प्रकाश देउवा ?

आइतबार ११, माघ २०८२ ०५:३७

धनगढी । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उत्साहपुर्ण मतदान भएपनि नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवाले मतदानमा सहभागिता जनाएनन् ।

नेपाली कांग्रेसको तत्कालीन संस्थापन पक्ष (शेरबहादुर देउवा) निकटका नेताहरुले निर्वाचनमा भाग नलिइरहेको बेला देउवाले मतदानमा सहभागी नहुनुलाई चासोका साथ हेरिएको छ । आइतबार धनगढीमा भएको मतदानमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गरे ।

नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेर सुदूरपश्चिममा उम्मेदवार उठाएका छन् । एमालेका सबै प्रदेश सभा सदस्य र सबै स्थानीय तह–प्रमुख उपप्रमुखले मतदान गरे । कांग्रेसका पनि सबै स्थानीय तह प्रमुख उपप्रमुखले मतदान गरे । तर कांग्रेसका १८ जना प्रदेश सभा सदस्य मध्ये देउवाले मात्रै मतदान नगरेका हुन् । नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारका अनुसार प्रदेश सभा सदस्य देउवा अमेरिकामा रहेको हुनाले मतदानमा सहभागी हुन नसकेका हुन् ।

मतदानमा सहभागी नहुने अर्को सांसद् खेमादेवी विष्टले आफ्नो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार नै नभएकोले मतदानमा सहभागी नभएको बताइएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचमा सुदूरपश्चिम प्रदेश सभाका ५१ जना सदस्य मतदाता रहेकोमा ४९ जनाले मतदान गरेका थिए । 

प्रतिक्रिया