कञ्चनपुर । कञ्चनपुरबाट तीन लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० गज्जर, जिमुवा, भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका–११ भुजेला र पुनर्वास नगरपालिका–७ “च” गाँउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी तीन लाख ८ हजार एक सय बराबरको सामान बरामद गरिएको हो ।
चिनी, मिश्री, सुर्ती, पेय पदार्थ, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा, बिजुलीका सामान, हाडबेयर, किराना लगायतका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बेबारिसे अवस्थामा फेला पारेपछि बरामद गरेको हो ।
यता कैलालीबाट दुई लाख ८२ हजारको भन्सार छलीको सामान बरामद गरिएको छ । जिल्लाको धनगढी–२ आदर्श चोक, धनगढी–९ त्रीवेणीघाट, भजनी–३ जस बहादुरघाट र टीकापुर–९ भ्यूटावरस्थित नदी छेउबाट भारतबाट भन्सार छली गरि ल्याएका दुई लाख ८२ हजार एक सय बराबरको सामान बरामद गरिएको हो ।
प्रतिक्रिया