धनगढी । धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालको स्वास्थमा समस्या देखिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि हमाललाई उपचारका लागि दिल्ली लगिएको छ । शुक्रबारदेखि धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेकोमा शनिबार दिउँसो थप उपचारका लागि दिल्ली लगिएको हो ।
माया मेट्रो अस्पतालका न्यूरोलोष्टि डाक्टर हरि पौडेलका अनुसार मेयर हमालको मस्तिष्कको नसामा समस्या देखिएको छ ।
‘ब्रेन अट्याक भएर आइसीयूमा राखेर उपचार भइरहेको थियो,’ डा. पौडेलले भने । मष्तिकको एउटा नसामा समस्या देखिए पनि मेयर हमालको अवस्था स्थिर रहेको डा. पौडेलले बताए ।
प्रतिक्रिया