ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा सशस्त्र प्रहरीद्वारा २५ लाख बढीको सामान बरामद

मङ्गलबार २७, साउन २०८२ ११:२८

धनगढी । कैलालीको धनगढीबाट २५ लाखको सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले साेमबार भन्सार छलेर ल्याइएको २५ लाख बढीको कपडा बरामद गरेको हो । 

कैलाली जिल्ला धनगढी उपमहानगरपालिकास्थित खेदाघाटमा गोठ जस्तो छाप्रोमा लुकाइरहेको अवस्थामा लेडिज सुट, साडी, कुर्ता सुरुवाल, थानको कपडा र बच्चाको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ । 

सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जितको कमाण्डमा खटिगएको ३१ जनाको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको सामान बरामद गरेको जनाइएको छ । बरामद कपडा कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको छ ।

प्रतिक्रिया