ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीका मेयर हमालको दिल्लीमा उपचार हुँदै, स्वास्थ्य अवस्था स्थिर

आइतबार २३, मङि्सर २०८१ ०१:३१

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको भारतको दिल्लीमा उपचार भइरहेको छ । दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको मेयर हमालको सचिवालयले जानकारी दिएको छ । 

सचिवालयका अनुसार हमालको स्वास्थ्य अवस्था स्थिर रहेको र उनलाई सघन उपचार कक्षमा राखिएको छ । यस्तै हमालका भाई श्याम हमालले अहिले आवश्यक प्रयोगशाला जाँचहरू भइरहेको बताए ।

‘डाक्टरहरूले कस्तो अवस्था हो र, शल्यक्रिया या अरु के गर्ने भन्ने कुरा प्रयोगशालाका रिपोर्टहरू आएपछि भोलिसम्ममा थाहा हुने जानकारी गराएका छन्,’ श्याम हमालले भने ‘केही समयअघि हामीलाई भेट्न दिइएको थियो । हल्का बोल्न सकेको अवस्था छ ।’


शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्नापछि हमालको स्वास्थ्य अवस्थामा सुधार नभएपछि थप उपचारका लागि शनिबार दिल्ली लगिएको थियो ।

प्रतिक्रिया