ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘गेटा प्राथमिकताको आयोजना हो, तीन सय शय्याको अस्पताल बनाएरै छोडिन्छ’

बिहिबार ०५, भदौ २०८२ ११:३४

धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यायमा सञ्चालित गेटा अस्पताललाई तीन सय शय्याको बनाउन आवश्यक तयारी भइरहेको बताएका छन् । प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले गेटा स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकताको आयोजना भएको बताउँदै त्यहाँ तीन सय शय्याको अस्पताल सञ्चालन गर्न आवश्यक तयारी भइरहेको बताएका हुन् । 

उनका अनुसार तीन सय शय्याको अस्पताल सञ्चालनका लागि बजेट र दरबन्दी स्वीकृतीका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको छ । ‘तीन सय शय्याको अस्पताल सञ्चालन गर्न गतवर्ष डेढ सय अस्थायी दरबन्दी स्वीकृत गरेका थियौं,’ उनले भने, ‘यसपटक साढे दुई सय दरबन्दी स्वीकृतिका लागि फाइल अर्थ मन्त्रालयमा पठाएका छौं । चिकित्सा शिक्षा अध्यापनका लागि पनि तीन सय शय्याको अस्पताल सञ्चालन भएको हुनुपर्छ । गेटामा तीन सय शय्याको अस्पताल बनाएरै छोडिन्छ ।’

उनले सेती प्रादेशिक अस्पताललाई जोडेर गेटामा तीन सय शयको अस्पताल सञ्चालन गर्न खोजिएको तर उक्त योजना सफल हुन नसकेको बताए । ‘प्रदेशको अस्पताललाई संघमा तान्दा संघीयता कार्यान्वयनमा समस्या आउँछ भन्ने कुरा आयो, त्यसैले सेतीलाई संघमा लैजाने कुरा रोकिएको छ,’ उनले भने । 

स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षा मन्त्रालयअन्तर्गत रहेको हुँदा अन्य काम भने आफ्नो मन्त्रालयको जिम्मेवारीमा नरहेको मन्त्री पौडेलले बताए । नियुक्तिका प्रक्रिया अगाडि बढाउने काम शिक्षा मन्त्रालयको रहेको मन्त्री पौडेलको भनाई थियो । 

प्रतिक्रिया