ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीका मेयर हमालको स्वास्थ्य अवस्थामा सुधार

मङ्गलबार २५, मङि्सर २०८१ ०८:४६

धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । हमालका भाइ श्याम हमालका अनुसार चिकित्सकले विभिन्न परीक्षण र निगरानीको आधारमा उनको स्वास्थ्य अवस्था सुधार भइरहेको हो ।

मेयर हमाललाई अझ केही समय निगरानीमा राखेर थप उपचार प्रक्रिया अगाडि बढाइने बताइएको छ । शुक्रबारदेखि स्वास्थ्य समस्या भएका नगर प्रमुख हमालको भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ । उनलाई न्युरो इन्टेन्सिभ केयर आइसियु र स्ट्रोक युनिटमा राखिएको छ । 

हमाललाई मस्तिष्क घात भएको धनगढीमा चिकित्सकले बताएपछि उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो । 

प्रतिक्रिया