ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा लागूऔषधकाे कुलतमा फस्दै युवा जमात

मङ्गलबार २५, मङि्सर २०८१ ०९:५४

धनगढी । कैलालीमा लागूऔषध प्रयोगकर्ता र कारोबारी बढेका छन् । प्रयोगकर्ता बढेसँगै दिनदिनै पक्राउ पर्नेको सङ्ख्या पनि बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साढे पाँच महिनाको अवधिमा मात्रै दुई सय ३६ जना पक्राउ परेका छन् । 

उनीहरुमध्ये दुई सय २५ पुरुष र ११ महिला छन् । दुई सय १४ ग्राम १०१ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । ५४ किलो चरेस पनि बरामद भएको छ । गत आव २०८०/८१ मा कैलाली प्रहरीले लागुऔषध मुद्दामा चार सय ४७ जनालाई पक्राउ गरेको थियो । 

लागूऔषध नियन्त्रणसम्बन्धी नीतिगत व्यवस्था अनुरूप नै प्रहरीले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई धमाधम पक्राउ गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ता नै ओसारपसारकर्ता हुँदै पछि विक्रेता बन्ने गरेका छन् । लागूऔषध प्रयोगकर्तामा अधिकांश भने युवायुवतीहरु छन् । 
 

प्रतिक्रिया