ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा कार्यरत चार डीएसपीको सरुवा, को आउँदैछन् ?

बिहिबार ०२, असोज २०८२ ११:३४

धनगढी । नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक(डीएसपी) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक(आईजीपी) चन्द्रकुवेर खापुङले बुधबार राति ठुलो संख्यामा प्रहरी अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् । 

यस्तै सुदूरपश्चिममा कार्यरत चार डीएसपीको पनि सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रकाश दाहालको जिल्ला प्रहरी कार्यालय धादिङ सरुवा भएको छ । उनको स्थानमा बागमती प्रदेश प्रहरी कार्यालयबाट गौरव महत आउने भएका छन् । 

नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरमा कार्यरत देवेन्द्रकुमार मल्लको जिल्ला प्रहरी कार्यालय बर्दिया सरुवा भएको छ । मल्लको स्थानमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट मिलन बस्नेत आउने भएका छन् । 

इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी नविनराजा बुढाथोकीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा सरुवा भएको छ । उनको स्थानमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रबाट प्रकाश डाँगी आउने भएका छन् । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख सुगन्ध श्रेष्ठको पनि सरुवा भएको छ । श्रेष्ठको कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट बरुणबहादुर सिंह डडेल्धुरा आउने भएका छन् । 

प्रतिक्रिया