ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा बालेन शाह हेर्ने भीडमा लुटपाट, अछाममै सात सिक्री गायब

शुक्रबार १६, माघ २०८२ १०:५८

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी थुप्रै कार्यक्रममा लुटपाट भएको छ । कञ्चनपुर र अछाममा शाह हेर्न पुगेको भीडमा लुटपाट भएको हो । यस्तै, अछाममा सुनको गहना लुटपाट गर्ने एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले साँफेबगर नगपालिका– ५ नौंठाना बस्ने ४० वर्षीया सत्यदेवी कुँवरले लगाएको १२.१७ ग्रामको सुनको सिक्री चोरी गर्ने क्रममा पर्साको पकाहा मैनपुर गाउँपालिका– ५ बस्ने ३१ वर्षीय उमेश रायलाई पक्राउ गरिएको हो । 

‘साँफेबगर नगरपालिका– ४ छिपेखोलास्थित रास्वपाको पार्टी कार्यालय नजिक सोही पार्टीका नेता बालेनको चुनावी भेटघाट कार्यक्रममा भिडभाड थियो,’ डीएसपी खनालले भने, ‘सोही क्रममा सिक्री चोरी गर्ने रायलाई पक्रा गरिएको छ ।’ डीएसपी खनालले उक्त कार्यक्रममा अन्य व्यक्तिको पनि सुनको गहना चोरी भएको र खोजतलास भइरहेको बताए । साँफेबगरको कार्यक्रममा सात जना महिलाको सुनको गहना लुटिएको बताइएको छ । 

कञ्चनपुरमा पनि केही व्यक्तिले लगाएको सिक्री बालेन हेर्ने भीडबाट गायब पारिएको छ । कञ्चनपुरको झलारीमा धनगढी–२ का मनोज चौधरी र ३ का सञ्जीव मल्ल सिक्री लुटिएको हो ।

प्रतिक्रिया