ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनको मूल्य दुई लाख २१ हजार नाघ्यो

मङ्गलबार ०७, असोज २०८२ १०:५१

काठमाडौँ । एकपछि अर्को गर्दै सुनको मूल्य वृद्धि भइरहेको छ । मूल्य वृद्धिको क्रममा मंगलबार तोलामा दुई लाख २१ हजार रुपैयाँ नाघेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य तीन हजार ९०० रुपैयाँ बढेको हो । 

जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । उसो त सोमबार कायम भएको मूल्य पनि रेकर्ड नै थियो । 
 

प्रतिक्रिया