धनगढी । नेपाली सेनाले फागुन २ गते सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ‘एकता दौड’ आयोजना गर्ने भएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले महाशिवरात्री तथा सेना स्थापनाको २६३औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न भन्दै दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने नागरिकलाई एकता दौडमा सहभागी गराई नेपाली सेनाप्रतिको भरोसा, जनविश्वासमा अपनत्व बढाउने उद्येश्य राखिएको छ । एकता दौडले जनताको साथ र सहयोग अभिवृद्धि गर्दै नेपाली सेनाको छवि उच्च राख्न र राष्ट्रिय एकताको भावनामा वृद्धि गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।
विद्यालयस्तरइ तथा पुरुष र महिला खुला दौड प्रतियोगिता हुने सुदूरपश्चिम पृतनाले जनाएको छ । खुला १० र विद्यार्थीका लागि पाँच किलोमिटर दौड प्रतियोगिता हुने छ ।
प्रतियोगिताका लागि २५ गतेसम्म निशुल्क आवेदन दिन सकिने छ । सेनाको तेघरी ब्यारेक, बोराडांडी ब्यारेक, नम्बर ५ बाहिनी अड्डा दीपायल र नम्बर २५ बाहिनी अड्डा महेन्द्नगरमा आवेदन पाउने सेनाले जनाएको छ ।
दौड प्रतियोगिता फागुन २ गते बिहान ६ बजे धनगढी रंगशालामा हुने जनाइएको छ ।
प्रतिक्रिया