ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, अहिलेसम्म १६ जनाको उद्दार

बिहिबार २२, माघ २०८२ ०९:१८

धनगढी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२-००१ ख १११९ नम्बरको बस बिहीबार राति पुर्चौंडी नगरपालिका- ७ बडगाउँमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बस सडकबाट १५० मिटर तल खसेको जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ भने प्रहरी र स्थानीय मिलेर उद्धारको काम गरिरहेका छन् । अहिलेसम्म १६ जनालाई उद्दार गरेर स्वास्थ्य चौकी पठाइएको प्रहरी निरीक्षक बडूले जानकारी दिए ।

उद्दारमा खटिएका स्थानीयका अनुसार घटनास्थलमै केही व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया