ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बझाङमा करेन्ट लागेर कञ्चनपुरका युवकको मृत्यु

मङ्गलबार २८, असोज २०८२ ११:३०

धनगढी । बझाङमा करेन्ट लागेर कञ्चनपुरका युवकको मृत्यु भएको छ । बझाङको जयपृथ्वी नगरपालिका–३ पानकोटमा विद्युत पोलमा काम गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको हो । 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २० वर्षका अनिल राना मंगलबार दिउँसो करिब ३ः२० बजे विद्युतको मेन लाइन पोलमा काम गर्दै गर्दा करेन्ट लागी गम्भीर घाइते भएका थिए । घाइते रानालाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया