ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प

बुधबार २९, असोज २०८२ १०:२७

 काठमाडौं । बझाङमा मध्यराति भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति एक बजेर ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ ।

मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

स्थानीय प्रहरीले भूकम्पका कारण क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ ।

प्रतिक्रिया