ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै दुई हजार ४८८ जनाको हस्ताक्षर

बुधबार २९, असोज २०८२ ०५:०३

काठमाडौँ । कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा संकलन भएको हस्ताक्षर बुझाइएको छ । विशेष महाधिवशेन पक्षधरहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका हुन् । 

कांग्रेसका नेता गुरुराज घिमिरेले देशभरबाट संकलित दुई हजार ४८८ हस्ताक्षर बुझाएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनमा देशभरबाट ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । 

कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र त्यस्तो विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया