धनगढी । दार्चुलामा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका– ५ रिङ्ने तालस्थित सोही ठाँउ बस्ने २८ वर्षीय अमृत डोबालको मृत्यु भएको हो ।
डोबाल साइकल चलाउदै बाङ्गाबगर जाने क्रममा एक्कासी सडकको भित्तामा ठोक्किएर टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते भएका डोबालको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिलला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रतिक्रिया