ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नहरमा डुबेर दिदीबहिनीसहित तीन बालिकाको मृत्यु

शुक्रबार ०७, कार्तिक २०८२ ०५:३८

धनगढी । कैलालीको जानकी गाउँपालिकामा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । जानकी–५, पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीन बालिकाको मृत्यु भएको हो ।

लम्कीचुहा नगरपालिका–३, घर भइ टीकापुर नगरपालिका–१, बस्ने निशा बजगाई र मानुषी बजगाईं तथा जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा घटना भएको उनले बताए ।

प्रहरीका अनुसार निशा र मानुषी टीकापुरस्थित जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका–१ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए। निशा र मानुषीको आफन्त कहाँ गएका बेला नहरमा नुहाउने क्रममा डुवेर ज्यान गएको टीकापुर प्रहरीले जनाएको छ । तीनै बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया