धनगढी। कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट सोही ठाउँ बस्ने ३८ वर्षीय पहलमान शाही पक्राउ परेका हुन् ।
शाहीलाई ४० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा टिकापुर नगरपालिका–१ जमरा टोल बस्ने २७ वर्षीय मनिश गिरी पक्राउ परेका हुन् ।
गिरीलाई पनि ७१० मिलीग्राम खैरो हेरोइनसहित कुसुमघाटबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय भजनीमा बुझाएको छ । दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया