ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी पुग्यो चलचित्र ‘परान’को टीम

शुक्रबार २१, कार्तिक २०८२ ०५:५१

धनगढी । गत शुक्रबार रिलिज भएको चलचित्र परानको टीम आज धनगढी पुगेको छ । सो चलचित्रका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ लगायत कलाकारहरुको टीम दर्शकहरुसंगको भेटाघाटको क्रममा धनगढी पुगेको हो । 

धनगढीमा पत्रकार सम्मेलन गरी निर्देशक आचार्यले दर्शकहरुसंगै बसेर चलचित्र हेर्न र उनीहरुको प्रतिक्रिया लिन धनगढी आएको बताए । उनले हालसम्म प्राप्त सबै प्रतिक्रिया सकारात्मक मात्रै रहेको बताउँदै हरेक नेपालीको जीवनसंग सम्बन्धित कथालाई फरक तरिकाले प्रस्तुत गरिएको बताउँदै हेर्ने सबै दर्शकले परानलाई मन पराएको रहेको बताए ।

चलचित्रमा भूमिका निर्वाह गरेका कलाकार कुमार कट्टेल ‘जिग्री’, पवन खतिवडा ‘म्याकुरी’, टीकाराम जोशी लगायत धनगढी पुगेका छन् । बाबु र सन्तानबीचको सम्बन्धको मर्मस्पर्शी कथावस्तुमा आधारित फिल्मले उत्कृष्ट शोसहित अकुपेन्सी पनि प्राप्त गरेको छ । परानमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली लगायतको शीर्ष भूमिका छ ।

प्रतिक्रिया