धनगढी । दार्चुलामा दुई थान भरुवा बन्दुक बरामद गरिएको छ ।
अपिहिमाल गाउँपालिका–१ खायाकोटस्थित जंगलमा बेवारिसे अवस्थामा लुकाइएको दुई थान एक नाले भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी खण्डेश्वरीबाट खटिएको टोलीले जंगलभित्र लुकाएर राखिएको अवस्थामा बन्दुक फेला पारिएको हो ।
प्रतिक्रिया