धनगढी । एक्सपर्ट एजुकेशन धनगढीले विदेश अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै फागुन ५ गते अध्ययन सेमिनार आयोजना गर्ने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले सेमिनारबारे जानकारी दिएको हो ।
संस्थाका डाइरेक्टर दिपेन्द्र चौधरीका अनुसार विदेश अध्ययनसम्बन्धी सही र आधिकारिक जानकारी प्रदान गर्ने उद्देश्यले हरेक वर्ष नियमित रूपमा सेमिनार सञ्चालन गर्दै आएको र यस वर्ष पनि सोही निरन्तरता दिइएको हो । उनले विद्यार्थीहरूलाई छात्रवृत्ति कसरी प्राप्त गर्ने, उपयुक्त देश तथा विश्वविद्यालय कसरी छनोट गर्ने, आवश्यक कागजात तयारीदेखि भिसा प्रक्रियासम्मका विषयमा विशेषज्ञमार्फत परामर्श प्रदान गरिने जानकारी दिए ।
सेमिनारमा अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके र संयुक्त राज्य अमेरिकामा अध्ययनका अवसरबारे विस्तृत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार सम्बन्धित देशका शिक्षा प्रणालीबारे जानकार विज्ञ तथा शिक्षा क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागितामा प्रत्यक्ष परामर्श सत्र सञ्चालन गरिनेछ ।
विद्यार्थीहरूले सेमिनारमा आफ्नो शैक्षिक योग्यता, भाषा परीक्षा, आर्थिक योजना तथा भविष्यको लक्ष्यअनुसार कुन देश वा विश्वविद्यालय उपयुक्त हुन्छ भन्ने विषयमा प्रत्यक्ष सुझाव पाउनेछन् । सेमिनारमा शिक्षा प्रणालीको संरचना, विश्वविद्यालय छनोट प्रक्रिया, भर्ना मापदण्ड, आवश्यक कागजात, छात्रवृत्ति अवसर, अनुमानित अध्ययन खर्च, बसोबास व्यवस्थापन, भिसा आवेदन प्रक्रिया तथा अध्ययनसँगै काम गर्ने नियमबारे विस्तृत जानकारी दिइनेछ । साथै, विद्यार्थीहरूले आफ्ना व्यक्तिगत जिज्ञासा राख्न सक्ने र विज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
संस्थाकी म्यानेजर निलम चौधरीले विद्यार्थीको व्यक्तिगत पृष्ठभूमिलाई ध्यानमा राखेर परामर्श प्रदान गरिने बताइन् । कार्यक्रम फागुन ५ गते एक्सपर्ट एजुकेशनकै धनगढीस्थित कार्यालयमा आयोजना गरिने छ ।
प्रतिक्रिया