धनगढी । कैलाली क्षेत्र नम्बर २ का नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नन्दबहादुर साउद (राजेन्द्र)ले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
कैलाली क्षेत्र नम्बर २ को शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास र पूर्वाधार विकासललाई समेट्दै साउदले प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले प्रस्तुत गरेको प्रतिबद्धतापत्रमा विकासका योजनासहित युवादेखि वृद्धसम्मका विषय समेटिएको छ । सीपवान युवा, समृद्ध समाज, स्वदेशमै रोजगारी, युवाको सुरक्षित भविष्य, श्रमको सम्मान, श्रमिकको सुरक्षा, एक वडा, एक सिपमूलक तालिम केन्द्रको स्थापनालगायत युवालक्षित रोजगारीका कार्यक्रम लागु गरिने प्रतिबद्धतापत्रमा जनाइएको छ ।
उनले थारू संस्कृति संरक्षणका लागि थारू सङ्ग्रहालय, कृषि उद्यमका लागि विभिन्न खेतीमा प्रोत्साहन कार्यक्रम, विभिन्न आन्दोलनमा सहिद परिवारलाई प्रत्येक वर्ष सम्मान तथा सहिदगेट निर्माण, लम्कीचुहामा निर्माणाधीन अस्पताललाई पूर्णता दिने उनले प्रतिबद्धता जनाएका छन् ।
त्यसै गरी सेती लोकमार्गको निर्माण कार्यलाई यथाशीघ्र निर्माण सम्पन्न गर्न पहल गर्ने, डुडेझारी औद्योगिक क्षेत्र स्थापनाका लागि विशेष पहल, चिसापानी कुँइने हुँदै अछाम जोड्ने मार्ग द्रुत गतिमा अगाडि बढाइने, लम्की –राजकाँडा, डुडेझारी–टीकापुर, बौनिया–खिमडी सडक निर्माणकार्य पूरा गर्ने प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।
प्रतिक्रिया