नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा मात्रै खेल हुँदै छ ।
आज काठमान्डु गोर्खाज् र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुन लागेको हो । यो खेल दिउँसो ४ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
जारी एनपीएलमा काठमान्डुको यो दोस्रो खेल हुनेछ भने सुदूरपश्चिमको पहिलो खेल हुनेछ । काठमान्डु उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्टस्सँग खेलको जियो । र, जित हात पारेको थियो ।
सुदूरपश्चिम साविक उपविजेता टोली हो ।
प्रतिक्रिया