धनगढी । दोस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत बुधबार भएको खेलमा काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स २९ रनले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं १६.४ ओभरमा ११८ रन बनाएर अलआउट भयो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदा १४७ रनको योगफल बनाएको थियाे ।
२० बल सामना गरेका हर्मित सिंहले सर्वाधिक ५३ रन जोडे । दुई चौका र ६ छक्का मद्दतमा उनले अर्धशतक बनाएका हुन् । यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ तथा आरिफ शेखले २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
काठमाडौंका कप्तान करण केसी एक्लैले चार विकेट लिँदा मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले समान २–२ विकेट लिए ।
प्रतिक्रिया