धनगढी । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको कप्तानी कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने छन् ।
जारी एनपीएलमा दुवै टोलीको लागि यो दोस्रो प्रतिस्पर्धा हो । पोखराले पहिलो खेल विराटनगर किङ्ग्ससँग खेलेको थियो भने सुदूरपश्चिमले काठमान्डू गुर्खाज्को सामना गरेको छ ।
प्रतिक्रिया