ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको लगातार दोस्रो जित

शुक्रबार ०५, मङि्सर २०८२ ०८:०७

धनगढी । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले हरायो । पहिलो खेलमा पोखराले काठमाण्डू गोर्खाजलाई पराजित गरेको थियो ।

सुदूरपश्चिम रोयल्सले प्रस्तुत गरेको १ सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । पाेखराका लागि कप्तान कुशल भुर्तेलले ३२ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे ।  यसैगरी जिम्मी निशमले ४७ र ड्यानियल डाउथवेटले ३७ रन बनाए । 

सुदूरपश्चिमका लागि हरमित सिंहले दुई तथा हेमन्त धामी, स्कट कुगेलेइन, अभिनाश बोहोरा नरेन साउद र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ९३ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए । पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको साझेदारी गरेका थिए । यो साझेदारी जिम्मी निशमले तोडेका थिए । 

पोखराका लागि जिम्मी निशमले तीन तथा ड्यानियल डाउथवेट र आकाश चन्दले दुई–दुई विकेट लिए । 

प्रतिक्रिया