ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा हुने एकता सभालाई प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने

आइतबार ०७, मङि्सर २०८२ ०१:०९

धनगढी । नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा यही मंसिर १२ गते गर्ने एकता सन्देश सभालाई उक्त पार्टीका संयोजक पुस्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन् ।

सभाको तयारीका लागि नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । एकता सन्देश सभा भव्य बनाउन १३ वटा उपसमिति गठन गरेर तयारीका काम अगाडि बढाइएको नेता रावलले बताए । देशभरि नै एकताको सन्देश र उत्साह दिने गरी सभा गरिने रावलले बताए ।

सभाको तयारीका लागि नेपाली कम्युनिष्ट पार्टीले शनिबार धनगढीमा तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत एकतामा आएका घटकका प्रदेशस्थित पदाधिकारी, जनप्रतिनिधिलगायत अगुवा नेताकार्यकर्तासँग छलफल गरेको थियो ।

रावलले प्रदेशस्तरीय एकतासभापछि जिल्ला र पालिकामा भने एकतासभा गरिने जानकारी दिए । 
 

प्रतिक्रिया