नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुने लागेको हो ।
कर्णाली र सुदूरपश्चिमबीचको खेल बिहान ११:४५ बजे हुनेछ भने जनकपुर र विराटनगरबीचको खेल दिउँसो ४ बजे हुनेछ ।
जारी एनपीएलमा विराटनगर र सुदूरपश्चिम अपराजित टोली हुन भने कर्णाली र जनकपुरले एक–एक खेलमा हार बेहोरेका छन् ।
अंक तालिकामा सुदूरपश्चिम पहिलो, विराटनगर दोस्रो तथा कर्णाली छौठौँ र जनकपुर सातौँ स्थानमा रहेका छन् ।
प्रतिक्रिया