ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमले दियो कर्णालीलाई १ सय ४० रनको लक्ष्य

सोमबार ०८, मङि्सर २०८२ ०५:५६

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससामु १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रनको योगफल तयार पारेको थियो । 

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३९, आरिफ शेखले २७, हरमित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कट कुगेलेइनले १० रन बनाए । 

कर्णालीका लागि कप्तान सोमपाल कामीले तीन, नन्दन यादवले दुई तथा मार्क वाट, विपिनप्रसाद शर्मा र युवराज खत्रीले एक-एक विकेट लिए । 

प्रतिक्रिया