ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एनपीएल : काठमाण्डूविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

मङ्गलबार ०९, मङि्सर २०८२ ०४:०३

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग एनपीएलमा काठमाण्डू गोर्खाजविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङको निर्णय लिएका हुन् ।

लुम्बिनी दोस्रो जितको लक्ष्यमा छ । यसअघि चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको लुम्बिनी कर्णाली याक्सविरुद्ध ९ विकेटले पराजित भएको थियो । 

यता काठमाडौं पनि दोस्रो जित चाहन्छ । यसअघि जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको काठमाडौंले सुदूरपश्चिम रोयल्ससँग २९ रन र विराटनगर किंग्ससँग पाँच विकेटको हार व्यहोरेको थियो । 

प्रतिक्रिया