धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाकी ३९ वर्षीया कृति विष्टको उपचारमा समस्या भएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।
उच्च रक्तचापले गर्दा बिष्टको टाउकोभित्रको नशा फुलेको छ भने नशाबाट रगत बग्ने समस्या देखिएको छ ।
उनकी छोरी सुमित्राका अनुसार कृतिलाई २४ मंसिरमा अत्तरिया अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि निसर्ग अस्पताल धनगढी हुँदै भारतको रुद्रपुरस्थित मेडिसिटी हस्पिटलमा पुगाइएको छ । अहिले सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।
सुमित्राले आमाको सर्जरी गराउनुपर्ने भएकोले करिब आठ लाख भारतीय रुपैयाँ खर्च हुने जानकारी दिइन् । विष्टको उपचारमा सहयोग गर्न चाहनेले सुमित्रा विष्टको नाममा कुमारी बैंकमा रहेको खाता नम्बर ०७५०१४७३८१७००००१ मा पैसा पठाएर सहयोग गर्न सकिने बताइएको छ ।
प्रतिक्रिया